काठमाडौं, ३ जेठ । भारतीय कलाकार सोनाक्षी सिन्हालाई नेपाली सेनाले गरेको सम्मानबारे यतिबेला निकै टिक्काटिप्पणी भईरहेको छ । अधिकांशले विरोध गरिरहेका बेला हास्यकलाकार दीपकराज गिरिले भने जोडदार समर्थन गरेका छन् । सामाजिक सञ्जालमा उनले सोनाक्षीलाई नेपाली सेनाले सम्मान गरेर पाहुना प्रतिको व्यबहार देखाएको बताएका हुन् ।
‘सोनाक्षीलाई उ एउटा सेनाको जर्नेलले सम्मान गरेको घटनाले यत्रो बितन्डा मच्चाएको आश्चर्य हो,’ उनले समामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘यो घटनाले सेनाको मनोबल नै गिराउने काम गरे जस्तो मलाई लाग्दैन, सेनाले पोसाक लगाएर दाउद इब्राहिमलाई स्वागत गरेको होइन, आफ्नै नजिकको एउटा संस्थाले देशको बिपतमा सहयोग गर्न निम्त्याएको पाहुना कलाकारलाई स्वागत गरेको हो ।’
गिरिले झिंगालाई तोप नहान्न समेत अपिल गरेका छन् ।