सिके राउतले सार्वजनिक गरे, आफ्नो योजनामा साथ दिने विश्लेषकको नाम (को को छन् ?)

दियो पोस्ट  

काठमाडौं, ३ जेठ । मधेस आन्दोलनमा सहयोग गरेको भन्दै स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सिके राउतले मधेस आन्दोलनमा सक्रिय सहयोग गरेको भन्दै विभिन्न व्यक्तिहरुलाई सम्मान गर्नु पर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा नाम सार्वजनिक गरेका हुन् ।

पछिल्लो १ वर्षको मधेस आन्दोनमा सहयोग गर्ने विश्लेषकहरुमा दिपेन्द्र झा, प्रशान्त झा, गणेश मण्डल, तुलनारायण शाह, विजयकान्त कर्ण, सरोज राय, सरोज मिश्रको तस्विर सहित उनले सामाजिक सञ्जालमा सम्मान राखेका छन् । उनीहरुलाई राजधानीमा जारी संघीय गठबन्धनको आयोजनामा सम्मान गर्नुपर्ने समेत उनको धारणा छ ।
उनीहरुले मधेस आन्दोलनको समयमा स्थानिय स्थरमा पुगेर आफ्नो योग्यताको उपयोग गरेको राउतको दाबी छ ।