मातृका यादवलाई उपराष्ट्रपति पुत्रको प्रश्न,‘छोरालाई प्रोफेसर बनाउन क्रान्तिमा आईदिनुपर्ने ?’

दियो पोस्ट  

काठमाडौं, ३ जेठ । मात्रिका यादव नेतृत्वको माओवादी एकीकृत नेकपा माओवादीमा सामेल नहुने संभावना बढेपछि एमाओवादी कार्यकर्ता उनी प्रति प्रश्न गर्न थालेका छन् । ‘मातृका अंकल मधेसबाट नयाँ क्रान्ति गर्छु भन्दै पार्टीबाट निस्केको पनि वर्षौं भैसक्यो । माओवादी पार्टी एकताबाट भागेर कति वर्षमा क्रान्ति गरेर देखाउनुहुन्छ अंकल ?’ उपराष्ट्रपति नन्दबहादुर पुनका पुत्र दिपेश पुनले सामाजिक सञ्जालमा प्रश्न गरेका छन्, ‘मन्त्री हुँदा आफ्नो छोरा छोरीलाई विदेशमा लाखौं खर्चेर पढाउनुभयो तर जनताका छोरा छोरीलाई क्रान्ति गर्ने भन्दै आफ्नो पार्टीको पछि लाग्न आग्रह गर्नुभयो । अब फेरी हजुरको छोरालाई डाक्डरबाट प्रोफेसर बनाउन तपाईंको पार्टीमा हामी आईदिनुपर्ने ?’
माओवादीहरुको एकताको लागि सक्रिय रहेका यादव पछिल्लो समय भने असन्तुष्ट छन् । स्रोका अनुसार एमाओवादीमा पदीय भागबण्डामा ठूलो असन्तुष्टि पैदा भएको छ ।

 

सम्बन्धित खबर