काठमाडौं, ३ जेठ । गत शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा अदालतको अवहेलना गरेको भन्दै एमाओवादी अध्यक्ष प्रचण्ड विरुद्ध सर्वोच्च
अदालतमा मुद्दा परेको छ । अधिवक्ता दिनेश त्रिपाठीले हदैसम्मको सजायको माग गर्दैै मुद्दा दायर गरेका हुन् ।
प्रचण्डमाथि अदालतको मानहानी गरेको मुद्दा परेको छ । गत शनिबार युद्धकालिन मुद्दा र माओवादी विषयक अन्र्तक्रियामा अध्यक्ष प्रचण्डले युद्धकालीन मुद्दा व्युताए प्रचण्ड र शेरबहादुरलाई जेल हाल्न चुनौती दिएका थिए ।
मानहानी भएको ठहर भएमा एमाओवादी अध्यक्ष प्रचण्डमाथि एक वर्षको कैद र दश हजार जरिवाना हुने व्यवस्था रहेको छ ।