गठबन्धनका कार्यकर्तामाथि प्रहरीद्वारा लाठी चार्ज

गठबन्धनका कार्यकर्तामाथि प्रहरीद्वारा लाठी चार्ज

काठमाडौं, ४ जेठ । संघीय गठबन्धनका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । बालुवाटार घेरो गर्न पुगेका गठबन्धनका कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको हो ।

संविधान पुर्नलेखनको माग गर्दै आन्दोलनमा रहेको गठबन्धनले मंगलबारबाट राजधानीको बालुवाटार घेराउ गरेको थियो । प्रदर्शनीको क्रममा प्रहरीले लाठीचार्ज गरेको छ ।
सोमबार अबेर जिल्ला प्रशासन कार्यलय काठमाडौंले बालुवाटार क्षेत्रका केही भागलाई निषेधित क्षेत्र घोषणा गरेका थिए ।
राष्ट्र बैंक चोक नजिकै पुगेपछि प्रहरीले उनीहरुलाई रोकेको थियो । सुरक्षा संवेदनशिलतालाई ध्यान दिँदै प्रशासनले बालुवाटार क्षेत्रमा व्यापक संख्यामा प्रहरी परिचालन गरेको छ ।

Trending News