दुर्घटनामा एकको मृत्यु

दुर्घटनामा एकको मृत्यु

धुन्चे (रसुवा), ५ जेठ । चिलिमेबाट काठमाडौँको लागि हिँडेको यात्रुबाहक बसको ठक्करबाट धुन्चे क्षेत्रमा एक युवकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी प्रमुख अवदेश विष्टका अनुसार बा२ख ८४२१ नम्बरको बसले धुन्चे गाविस–८ बुद्धमन्दिर इलाका क्षेत्रमा ठक्कर दिँदा हाकु गाविस– का १९ वर्षीय विबराम तामाङको मृत्यु भएको छ ।

उक्त बसबाटै चिलिमेबाट आएका ती युवा ओर्लने क्रममा सो दुर्घटना भएको र बस चालक तथा सहचाकलाई नियन्त्रणमा लिई घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रमुख विष्टले बताए ।

Trending News