इटहरी, ७ जेठ । सुनसरी जिल्लाको भरौल गाविसमा रहेको पोखरीमा डुबेर एकजना युवकको ज्यान गएको छ । भरौल–५ का २८ वर्षीय जीवन नेपालीको सोही गाविसमा पर्ने सिमसारको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बिहीबार अपराह्न ज्यान गएको इलाका प्रहरी कार्यालय, महेन्द्रनगरले जनाएको छ ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी टोली खटिई युवकको शव बाहिर निकाली शवपरीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको सो कार्यालयले जनाएको छ ।
यसैगरी, सुनसरीको औराबनीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । गएराति दुहवी–इनरुवा सडकखण्डअन्तर्गत औरावनी–९ मा स २ प ८३७३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ती युवकको ज्यान गएको हो । दुर्घटनामा परेर मोटरसाइकल चालक सुनसरी छिटाहा–९ का २८ वर्षीय अनिलकुमार चौधरीको ज्यान गएको प्रहरी चौकी औरावनीले बताएको छ ।