सेन्दाई (जापान), ८ जेठ । विश्वका औद्योगिक राष्ट्रहरुको समूह जि७ मा आवद्ध देशहरु आतङ्कवादका विरुद्धमा लड्न सहमत भएका छन् ।
जापानको सेन्दाई नगरमा आयोजित उक्त समूहको बैठकको दोस्रो दिन शनिबार उनीहरुले विश्वमा बढ्दो आतङ्कवादका विरुद्धमा लड्ने सहमति जनाएका हुन् । उनीहरुले विश्वमा पछिल्लो समयमा बढ्दो आतङ्कवाद विरुद्धको लडाईंका क्रममा आवश्यक सबैखाले सहयोग उपलब्ध गराउने विषयमा पनि सहमति जनाएका हुन् ।
त्यस प्रयोजनका लागि उनीहरुले आर्थिक तथा अन्य सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि ती राष्ट्रले व्यक्त गरेका छन् । उक्त दुई दिने बैठकपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ– हिंसात्मक अतिवादका विरुद्धमा आर्थिक लगानीका साथै अन्य आवश्यक सहयोग उपलब्ध गराउनु सबै अन्तर्राष्ट्रिय समूहको कर्तव्य हो ।
विश्वमा बढ्दो आतङ्कवादी क्रियाकलापका विरुद्धमा हालैका दिनमा जारी रहेको लडाई्रंमा आगामी दिनमा यस संगठनले थप सहयोग उपलब्ध गराउने जानकारी पनि सो विज्ञप्तिमा दिइएको छ । जापानको सेन्दाई नगरमा आयोजित दुई दिने बैठक शनिबार सम्पन्न भएको हो । रासस÷एपी
Anamnagar Kathmandu, Nepal Regd No : ५२१/२०७४–७५ Editor: Rita Budhathoki