५० वर्ष नाघेका र २० वर्ष सेवा गरेका शिक्षकलाई आवश्यक नीति बनाएर हटाइने :शिक्षा मन्त्री

diyopost.com
bestnp  शनिबार, जेठ ०८, २०७३ | १०:१४:३९

सिन्धुली, जेठ ८ । शिक्षामन्त्री गिरीराजमणि पोखरेलले नेपालको शैक्षिक नीति परिवर्तन गर्न अब देशका ७५ वटै जिल्लामा जनउपयोगी शिक्षा सम्मेलन गर्ने बताएका छन् ।

साथै ५० वर्ष नाघेका र २० वर्ष सेवा गरेका शिक्षकलाई आवश्यक नीति बनाएर हटाइने बताउँदै शैक्षिक परिवर्तनको नेतृत्व शिक्षक आफैले गर्नसक्ने भएकाले शिक्षा प्रणालीमा राज्यलाई दोष देखाएर शिक्षकले मुक्ति नपाउने उनको भनाइ थियो ।

जिल्ला शिक्षा कार्यालय सिन्धुलीले जिल्लाको शैक्षिकस्तर उकास्न आयोजना गरेको शैक्षिक अन्तक्र्रिया तथा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले देशलाई समृृद्धी तर्फ लैजाने शिक्षा आवश्यक भएको बताए । उनले नेपालमा उत्पादन भएका जनशक्ति बेरोजगार भएर विदेश पलाएन भएकाले उत्पादन तथा उद्य्मीमूलक शिक्षा आवश्यक रहेकोमा जोड दिए ।

सम्बन्धित खबर