भीमदत्तनगर, ९ जेठ । विकासका लागि सडक निर्माण तथा सुधार आवश्यक भएको जनाउँदै कञ्चनपुरको भीमदत्तनगरपालिकाका बासिन्दा सडक निर्माणमा जुटेका छन् ।
भीमदत्तनगरपालिका–६ र ७ का बासिन्दाको उल्लेखनीय सहभागितामा खैरानी–हल्दुखाल कच्ची सडक निर्माण हुँदैछ । भीमदत्त नगरपालिकाले समेत रु पाँच लाख बजेट विनियोजन गरी उक्त सडक निर्माण तयारी गरिरहेका बेला गाउँले पनि सडक निर्माणमा जुटेका हुन् ।
सडक सुधार उपभोक्ता समितिका अध्यक्ष मदन चन्दले सडक निर्माण तथा स्तरोन्नतिमा २५० भन्दा बढीको सहभागिता रहेको बताए । चन्दले वर्षात्मा चुरेबाट आउने खहरे खोलाले सडक अवरुद्ध हुने समस्या स्थानीयवासीले भोग्नु नपरोस् भनेर सडक निर्माणमा श्रमदान गरिएको बताए ।