महिलामाथिको हिंसा रोक्न पुरुषको साथ

महिलामाथिको हिंसा रोक्न पुरुषको साथ

 

९नारायण ढुङ्गाना०

रत्ननगर ९चितवन०, ९ जेठ । हिंसा न्यूनीकरण र लैङ्गिक समानताका सवालमा महिला बढी अग्रसर भएको पाइन्छ । चेतनामूलक कार्यक्रम होस् या कुनै ¥याली या हिंसाका विषयमा हुने बहस कार्यक्रम, सबैमा महिलाको उपस्थिति बढी हुन्छ ।

तर चितवनमा यस्तो एउटा गाउँ छ जहाँ लैङ्गिकमैत्री गाउँ बनाउन महिला पुरुष एकसाथ जुटेका छन् । जसरी महिला र पुरुष एक रथका दुई पाङ्ग्रा भनिन्छ, त्यसैगरी हिंसा न्यूनीकरण पनि पुरुषको सहयोग बिना सम्भव छैन भनेर उनीहरु यसरी सक्रिय भएका हुन् ।

त्यसमध्येका एक हुन् इन्द्रबहादुर कुमाल । पहिले जुवातास र जाँडरक्सीमा खुबै लागे । केही वर्षअघिसम्म पनि उनको बास भट्टीमा हुन्थ्यो । कुमालको विगत जुवातास र जाँडरक्सीसँग जोडिन्छ । “भट्टीमा धोक्ने, अनि आएर स्वास्नी ९आफूलाई देखाउँदै० कुट्ने,” श्रीमती जयन्तीले विगत सम्झँदै भनिन्, “घरबाट जा समेत भने । रक्सी छाडेपछि अहिले त आनन्द भा’छ, न पीर न चिन्ता ।”

“घरझगडा बन्द भएपछि छोराछोरीको पढाइ पनि सुध्रेको छ,” इन्द्रबहादुर मुस्कुराउँदै भन्छन् । हिंसा न्यूनीकरणका विषयमा यी नमुना जोडी पुरुष र महिला समूहमा आबद्ध भएर बहसमा उत्रिन्छन् । गाउँकै नमुना जोडी बनेका उनीहरु लिङ्गकै आधारमा हुने हिंसाविरुद्ध सक्रिय भई लागिपरेका छन् । गाउँमा चलेको सक्षम कार्यक्रम उनीहरुका लागि परिवर्तनको बाहक बनेको हो । आप्mनो घरबाट घरेलु हिंसालाई बिदा गरेको यो जोडी अरूका घरबाट पनि हिंसा भगाउने अभियानमा लागिरहेका छन् । चितवन दिव्यनगर गाविसका महिला र पुरुष संयुक्त रुपमा काम गर्दैछन्, हिंसा न्यूनीकरणका लागि ।

उनीहरु सबैभन्दा पहिले जाँडरक्सी खाएर स्वास्नी कुट्ने चलनका विरुद्ध खनिए । जुवातास खेल्ने विरुद्ध लागे । अहिले यस्ता घटना धेरै निमिट्यान्न भएको यहाँका मानिस बताउँछन् । गाउँमा जुवातास खेलेको देखिँदैन । अटेर गर्नेमाथि ५०० रुपैयाँ जरिवाना असुल्ने नियम ल्याइएपछि यो कुलत घट्यो । छयहत्तर वर्षीय तीर्थलाल श्रेष्ठले बुढेसकालमा श्रीमतीलाई सघाउन थालेका छन् । “अनुसन्धान गर्दा पुरुषले ८–१० घन्टा काम गरेको पाइयो, महिला कम्तीमा १२ घन्टा खटिएको देखियो,” तीर्थलालले भने – “त्यसपछि पुरुष नै यसको विरोधमा उत्रियो ।”

टीकाप्रसाद अधिकारीलाई भाँडा माझ्न जाँदा ‘बुढा बौलाए कि क्या हो’ सम्म भनेका थिए । लैङ्गिक समानताका लागि आफूले भाँडा माझ्दा बुहारी र बूढीसमेत आश्चर्यचकित भएको अनुभव उनले सुनाए । पहिले घरका काम छुँदै नछुने लोग्ने मानिसले अहिले यस्तो काम खुसी खुसी गर्न थालेका छन् । स्थानीय सङ्गठनमा महिला सहभागिता बढाउन ती महिला अहिले सङ्घर्ष गर्न थालेका छन् । स्थानीय निकायमा आउने बजेटलाई महिलाका लागि सहज हुने विकास निर्माणका काममा उपयोग गर्न थालेका छन् उनीहरु ।
यस अभियानलाई सहयोग गर्न गाविसस्तरमा पुरुषको परिवर्तनशील सहयोगी पुरुष समिति गठन गरिएको छ र यो वडा तहसम्म पैmलिएको छ । यसका सदस्यले आफ्नो घरमा कुनै पनि प्रकारको हिंसा हुने छैन भनेर वचन दिएका हुन्छन् । बाचा गरेपछि गाउँमा हिंसा रोक्न लागिपरेको पुरुष सहयोग समितिका सदस्य कर्ण विकले बताए । पुरुष सहयोगी समूहका अर्का सदस्य रेशम ढकाल सुरुमा आफूले प्रतिबद्धता जनाएको र त्यसपछि गाउँभित्रै अन्य हिंसा न्यूनीकरणमा लागेको बताउँछन् ।

यस समितिले लैङ्गिक हिंसाविरुद्ध छिमेकमा प्रचारप्रचार गर्ने र हिंसा भएमा स्थानीय स्तरमा समाधान गर्ने ढकालले बताए । “कसैलाई समस्या प¥यो भने हामी त्यहाँ पुग्छौँ र समाधान गर्छौं,” ढकाल भन्छन् । लैङ्गिक हिंसा ज्यादा जसो पुरुषबाटै हुने भएकाले पुरुष सक्रिय बनाउँदा हिंसा कम गर्न सहयोग पुग्ने विश्वास तत्कालीन दिव्यनगर गाविसका सचिव एवम् हालको चित्रवन नगरपालिकाका संयुक्त वडासचिव गोपीचन्द्र दवाडीले बताए ।

हिंसा घटाउन महिला र पुरुषलाई सँगै राखेर छलफल चलाइन्छ । पुरुषलाई हिंसाका कारण र समाधानका उपायका बारेमा समेत बताइने दवाडीले बताए । दिव्यनगरलाई नै लैङ्गिकमैत्री गाविस बनाउने योजना अघि बढाइएको उनले खुलाए ।

हिंसाविरुद्ध पुरुषको अगुवाइ
पुरुष महिलासँग खुल्दैनन्, महिला पुरुषसँग कम खुल्छन्, त्यसैले पुरुषलाई पुरुषले सम्झाउने, महिलालाई महिलाले सम्झाउने, अनि समूहमा खुल्छन् र मेलमिलाप कायम हुनजान्छ । सहजकर्तासमेत रहेकी स्थानीयवासी राधा अर्यालको अनुभव हो यो ।

गाउँमा हुने हिंसा न्यूनीकरणका लागि दिव्यनगरमा गठन गरिएको परिवर्तनशील सहयोगी पुरुष समितिलाई वडातहसम्म फैलाइएको छ । उनीहरुले पहिले नै आफ्नो घरमा कुनै पनि प्रकारको हिंसा हुनेछैन भनेर प्रतिबद्धता जनाइसकेका छन् । उनीहरुमार्फत आफ्नो छिमेकमा पनि प्रचार गर्ने र हिंसाका घटना भइहालेमा स्थानीयस्तरमा समाधान खोज्ने गरेको समितिका सदस्य इन्द्रबहादुर कुमालले बताए । “कसैलाई समस्या प¥यो भने हामी पुग्छौँ र समाधान गर्छौंं,”, कुमालले भने, “तुरुन्तातुरुन्त फोन आउँछ, नपुगी सुख्खै छैन ।”

हिंसा मुक्त गर्ने अभियानमा सबैको साथ मिल्यो भने सफल हुने उनको भनाइ छ । घर परिवार र छिमेकमा आइपर्ने समस्या समाधानमा विभिन्न तरिका अपनाइने गरिएको छ । अहिले घटनामा निकै कमी आएको तत्कालीन सचिव गोपीचन्द्र दवाडी बताउँछन् । बढी पुरुषबाटै घटना घट्ने भएकाले पुरुषको सक्रियताले घटना न्यूनीकरण गर्न सहयोग मिल्छ । हिंसा न्यूनीकरणका लागि महिला र पुरुषलाई सँगै राखेर पनि छलफल चलाइन्छ । पुरुषलाई हिंसाका कारण र समाधानका उपायका बारेमा प्रशिक्षणसमेत दिइएको छ ।

लैङ्गिक सकारात्मक सोच र व्यवहार गर्ने पुरुषको सङ्ख्या अहिले यहाँ दिनानुदिनै बढ्दै छ । लैङ्गिक विभेदलाई महिलाले मात्रै हटाउन सक्दैनन्, पुरुषको पनि सकारात्मक सोच र सद्भाव आवश्यक हुन्छ भन्ने भावनाले कार्यक्रममा पुरुषलाई संलग्न गराइएको स्थानीय महिला बताउँछन् ।

Trending News