लिबियामा पानी जहाज दुर्घटना ७ को मृत्यु ५०० व्यक्तिको उद्धार – इटालीयन नौसेना

diyopost.com
diyo sudip   बिहिबार, जेठ १३, २०७३ | ८:३४:३९

रोम, १२ जेठ । इटालीयन नौ सेनाले बुधबार करिब पाँच सय आप्रवासीको उद्धार गरेको छ । लिबियाको तटीय क्षेत्रमा आप्रवासीहरू सवार रहेका एक पानी जहाज दुर्घटनामा सात व्यक्तिको मृत्यु हुनुको साथै अन्य पाँच सयलाई भने उद्धार गरिएको छ ।

सो पानी जहाजले आफ्नो यात्रा सुरु गरेको केही समयपछाडि नै सो जहाज दुर्घटनाग्रस्त भएको बताइएको छ । यसमा क्षमताभन्दा बढी व्यक्ति सवार हुनु नै दुर्घटनाको कारण भएको नौ सेनाद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

उक्त पानी जहाजमा सवार रहेका आप्रवासीहरूमा प्रायः महिला र बालबालिका रहेका हुनाले पौडी खेलेर आफ्नो ज्यान बचाउन पनि नसकेका र उद्धारकर्ताद्वारा उद्धार भएको बताइएको छ । गएको ४८ घण्टाभित्रमा तीन हजारभन्दा बढी आप्रवासीहरू दक्षिण इटाली भित्रिएका समाचारमा बताइएको छ । रासस÷सिन्ह्वा

सम्बन्धित खबर