अज्ञात समूहबाट दुई एक्साभेटरमा आगलागी

diyopost.com
bestnp  सोमबार, जेठ १७, २०७३ | ५:५०:१४

तनहुँ, १७ जेठ । जिल्लाको घाँसीकुवा–६ रामथुम्कीस्थित चुनखानी निकाल्न प्रयोग गरिएको दुई एक्साभेटरमा गएराति अज्ञात समूहले आगजनी गरेका छन् ।

आगलागीबाट दुवै एक्साभेटर जलेर पूर्णरुपमा क्षति भएको सोमबार बिहान घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय तनहुँका असई सुरेश सुवेदीले जानकारी दिए ।

उक्त एक्साभेटरमा रहेका फलामका सामानबाहेक अन्य प्लास्टिकका सामान सबै जलेका छन् असई सुवेदीले भने, “घटनामा संलग्न रहेका व्यक्तिको खोजी कार्यका लागि अनुसन्धान भइरहेको छ ।”

उक्त एक्साभेटर पर्सा जिल्ला निवासी ललित सरोभोगीको रहेको वुझिएको छ । घटनामा संलग्न व्यक्तिलाई अहिलेसम्म कसैलाई पनि पक्राउ गर्न नसकिएको र खोजी कार्य तीव्र भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

घटनास्थल सदरमुकाम दमौलीबाट करिब १३ कलिोमिटर पूर्व दिशामा रहेको भए पनि एकान्त वन र मानव बस्ती पातलो भएका कारण समयमा प्रहरीमा खबर नगरिदिँदा एक्साभेटरको बढी क्षति भएको हो ।

सम्बन्धित खबर