युगान्डाले उत्तर कोरियासँगको सैन्य सम्बन्ध रोक्ने

diyopost.com
bestnp  सोमबार, जेठ १७, २०७३ | ७:०२:४८

सोल, १७ जेठ । युगान्डाका राष्ट्रपति योबेरी मुसेभिनीले उत्तर कोरियासँगको सैन्य एवम् सुरक्षा सम्बन्ध रोक्ने बताएका छन् ।

सोल स्रोतका अनुसार राष्ट्रसङ्घले उत्तर कोरियालाई आणविक तथा क्षेप्यास्त्र परीक्षणका घटना रोक्न लगातार गरेको आग्रहलाई बेवास्ता गरेपछि प्योङयाङविरुद्ध आर्थिक नाकाबन्दी लगाएको थियो ।

यसै सन्दर्भमा विश्वका अनय मुलुकले उत्तरलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्दै नाकाबन्दीप्रति समर्थन जनाएका छन् । युगान्डाका राष्ट्रपति मुसेभिनीसँगको कम्पालामा भएको दक्षिण कोरियाली राष्ट्रपति पार्क गेन हेसँगको शिखर वार्ता उक्त प्रतिबद्धता आएको हो ।

उत्तर कोरियाका दर्जनौँ सुरक्षा अधिकारीले युगान्डामा रही सैन्यै तथा प्रहरी अधिकारीलाई तालिम दिने काम गर्दै आएका छन् । रासस÷एएफपी

सम्बन्धित खबर