माली आक्रमणमा ४ शान्ति सेनाको मृत्यु

diyopost.com
bestnp  सोमबार, जेठ १७, २०७३ | ७:०५:०३

बामाको, १७ जेठ । शङ्कास्पद विद्रोही लडाकूले मालीको मध्य मोप्ती क्षेत्रमा गराएको बारुदी विस्फोटमा कम्तिमा चार जना संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनाको मृत्यु भएको मालीको सैन्य तथा प्रहरी बलले बताएको छ ।

मोप्तीमा भएको उक्त आक्रमणको संयुक्त राष्ट्रसङ्घ तथा मालीका सरकारी अधिकारीले पुष्टि गरेका छन् । मालीको सुरक्षाकर्मीले शान्ति कार्यमा खटिएका शान्ति सेनालाई मार्ने कार्य आतङ्कवादी हमलाको संज्ञा दिँदै निन्दा गरेका छन् । रासस÷एएफपी

सम्बन्धित खबर