मध्यरातको पाटीमा ‘कनकमणिलाई तान्दै’ प्रचण्डले भने, ‘पुरानो कुरा बिर्सेर हामी चाहीँ नमिली भएन के !’

दियो पोस्ट  

काठमाडौं, १८ जेठ । तत्कालीन एमाओवादी वा हालको नेकपा माओवादी केन्द्र र हिमाल खबर पत्रिकाका प्रकाशक कनकमणि दीक्षितबीच लामो समयदेखि तिक्ततापूर्ण सम्बन्ध रहँदै आएको छ । माओवादी कार्यकर्ताले मात्रै होईन, माओवादी केन्द्रका ‘सुप्रिमो’ अध्यक्ष प्रचण्डले नै कयौं मञ्चहरुमा दीक्षितलाई ‘डलरमणि’ को संज्ञा दिँदै आएका थिए । माओवादी शान्तिप्रक्रियामा आएदेखि नै युद्धकालिन मुद्दाहरु ब्यूँत्याएको दीक्षितमाथि माओवादीको आरोप रहँदै आएको छ । अन्र्तराष्ट्रिय शक्ति केन्द्रको ‘आर्थिक प्रलोभनमा परेर’ माओवादी अध्यक्ष प्रचण्डलाई हेग पु¥याउने योजनाको ‘मसिहा’ पनि दीक्षित नै भएको अधिकांश माओवादी कार्यकर्ताको आरोप छ । तर, सोमबार मध्यरातको घटनाले भने दीक्षित र प्रचण्डबीचको सम्बन्धबारे नयाँ संकेत गरेको छ ।
सोमबार मध्यरातीसम्म चलेको एक पाटीमा प्रचण्डले दीक्षितलाई ‘पुरानो कुरा विर्सेर हामी चाहिँ नमिली भएन के’ भनेर ठूलै स्वर गरेको एक पत्रकारले सार्वजनिक गरेका छन् । ती पत्रकार हुन्, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ ।

तस्बिर किशोर श्रेष्ठको फेसबुकबाट


गणतन्त्र दिवसको अवसरमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको निम्तोमा आयोजित पाटीमा एमाओवादी अध्यक्ष प्रचण्ड, संविधानसभाका पूर्वअध्यक्ष सुवास नेम्वाङ, उपप्रधान तथा भौतिक निर्माण मन्त्री विजय कुमार गच्छदार, उर्जामन्त्री टोपबहादुर रायमाझी, अर्थमन्त्री विष्णु पौडेल लगायत पुगेका थिए । उक्त पाटीमा नाम चलेका ठूला दैनिक पत्रिकाका सम्पादकहरु पनि पुगेका थिए । कान्तिपूर दैनिकका सम्पादक सुधीर शर्मा, हिमाल साप्ताहिकका सम्पादक किरण नेपाल तथा प्रकाशक कनकमणि दीक्षित, अनलाईनखबरका सम्पादक अरुण बराल, क्रान्तिकारी पत्रकार संघका अध्यक्ष गोविन्द आचार्य लगायतका पत्रकारहरुको तस्बिर सहित श्रेष्ठले सार्वजनिक गरेका छन् ।

तस्बिर किशोर श्रेष्ठको फेसबुकबाट


‘गणतन्त्र दिवसको अवसरमा अहिले आयोजित एमाओवादी नेता नारयणकाजी श्रेष्ठको सन्ध्याकालिन जमघटमा प्रचण्ड कमरेडले ठूलै स्वरमा हिमाल खबर पत्रिकाका प्रकाशक कनकमणि दीक्षितलाई तानेर भन्नुभयो,‘ पुरानो कुरा विर्सेर हामीचाहिँ नमिली भएन के !’ पाटी स्थलबाट नै पत्रकार श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन् ।


 

सम्बन्धित खबर