बहराइनको प्रतिपक्षी नेतालाई थप ५ वर्ष जेल सजाय

diyopost.com
bestnp  मंगलबार, जेठ १८, २०७३ | ६:४२:१४

मानामा, १७ जेठ । बहराइनको पुनरावेदन अदालतले सोमबार यहाँका प्रतिपक्षी दलका नेता शेखअलि सलमानलाई दिइएको चारवर्षे काराबास सजायमा ५ वर्ष थप गरी नौ वर्ष पु¥याएको छ ।

प्रतिपक्षी दलका नेता तथा अल बेफाक नेसनल इस्लामिक सोसाइटीका महासचिव सलमानलाई अधिकारवादी नेता, कुटनीतिज्ञ र अन्य अधिकारीको उपस्थितिमा कडा सुरक्षाबीच सजाय सुनाइएको थियो ।

शेख अलि सलमानलाई उच्च फौजदारी पुनरावेदन अदालतले नौ वर्षको सजाय सुनाए पनि यसलाई बहराइनको समाजले स्वीकार नगर्ने उनको दलले सुनुवाईपश्चात एक विज्ञप्ति जारी गरी बताएको छ ।

सलमानलाई सन् २०१४ को डिसेम्बर २८ मा पक्राउ गरिएको थियो भने सन् २०१५ मा चार वर्षको काराबास सजाँय तोकिएको थियो ।

यसको संयुक्त राज्य अमेरिका, मानवअधिकारवादी समूहहरुले विरोध गरेका थिए । उनको पक्राउपछि ठूलो समूहले सलमानको रिहाइका लागि प्रदर्शन गरेका थिए । सिन्ह्वा

सम्बन्धित खबर