फिलिपिन्सको नयाँ राष्ट्रपतिमा रोड्रिगो डुटेर्ते

फिलिपिन्सको नयाँ राष्ट्रपतिमा रोड्रिगो डुटेर्ते

मनिला, १८ जेठ । फिलिसिन्सको संसदले सोमबार रोड्रिगो डुटेर्तेलाई राष्ट्रको नयाँ राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको छ । यसै महिनाको सुरुतिर फिलिपिन्समा भएको आमनिर्वाचनमा डुटेर्ते प्रचण्ड बहुमत प्राप्त गरी विजयी भएका थिए ।

संसदको दुबै सदन प्रतिनिधि सभा र सिनेटको संयुक्त बैठकले सोमबार सो घोषणा गरेको हो । डुटेर्तेले ६० लाख भन्दा बढी मत प्राप्त गरेका थिए ।

आफू राष्ट्रपति पदमा विजय भएको घोषणापछि उनले अब फिलिपिन्समा अपराध नियन्त्रणको लागि प्रतिज्ञा गरेका थिए ।
डुटेर्ते आर्थिक सुधार र अपराध नियन्त्रणको मुद्दा लिएर चुनावी मैदानमा उज्ञिएका थिए ।

उनले ३९ प्रतिशत मत हासिल गरेका थिए, भने उनका निकतम प्रतिद्वन्द्वी म्यानुअल रोक्सासाले ३३ प्रतिशत मत हासिल गरी पराजय भएका थिए ।

फिलिपिन्समा सबैभन्दा बढी मत ल्याउने उम्मेदवारलाई विजयी घोषणा गर्ने कानुनी प्रावधान रहेको छ । राष्ट्रपतिका लागि सो देशमा ५० प्रतिशत मत ल्याउनुपर्ने कानुनी प्रावधान छैन । डुटेर्तेले राष्ट्रपति पदको सपथग्रहण आगामी जुन ३० मा मात्र गर्ने कार्यक्रम रहेको छ । एएफपी

Trending News