आगलागी र चट्याङबाट सयभन्दा बढीको मृत्यु

diyopost.com
bestnp   मंगलबार, जेठ १८, २०७३ | ९:०७:४९

काठमाडौ, १८ जेठ । गत वर्षको हिउँददेखि हालसम्म मुलुकभर भएको आगलागीबाट ७६ र चट्याङबाट २८ जनाको निधन भएको छ ।
व्यवस्थापिका–संसद्को आजको बैठकमा गृहमन्त्री शक्तिबहादुर बस्नेतले पछिल्लो समय भएका आगलागी, चट्याङका घटनाका बारेमा भएका जनधनको क्षतिबारेमा सदनलाई जानकारी दिएको हो ।

उनले बाराका उद्योगपति सुरेशकुमार केडियाको अपहरण र उनको सकुशल रिहाइका बारेमा पनि सदनलाई जानकारइ दिँदै आगमी दिनमा यस्तो घटना हुन नदिन प्रहरी प्रशासनलाई उच्च सतर्कता रहन निर्देशन दिइएको बताए ।
यसैबीच मधेसकेन्द्रित दलले सदनको आजको बैठक पनि बहिष्कार गरे । सांसद नरसिंह चौधरीले व्यवस्थापिका सदनको बैठक सुरु हुनेबित्तिकै सभामुखसँग समय माग गरी सरकारले तराई–मधेसमा जारी आन्दोलनको माग सम्बोधन गर्न नसकेको आरोप लगाए ।

सम्बन्धित खबर