कराकास (भेनेजुएला), २ जेठ । भनेजुएलका राष्ट्रपति निकोलास मडुरोले देशमा बन्द भएका कारखानाहरु सरकारले कब्जा लिने घोषणा गरेका छन् ।
कारखाना सरकारीको कब्जामा लिनुको साथै उक्त कारखानाको मालिकहरुलाई जेलमा राखिनेसमेत उनले चेतावनी दिए ।
मध्य कराकासमा शनिबार आफ्नो समर्थनहरुको एक ¥यालीलाई सम्बोधन गर्ने क्रममा उनले सो चेतावनी दिएक हुन ।
ती कारखाना मालिकहरुलाई कुन किसिमको कारबाही गरिन्छ, सो भने हाल प्रकाशमा नल्याइएको पनि उनले बताए ।
देशमा सङ्कटकाल घोषणा भएको भोली पल्ट उनको उक्त चेतानवी आएको बताइएको छ ।
राष्ट्रपतिकाअनुसार देशका उद्योगपतिहरुको कारण देशको अर्थतन्त्र धराशायी परेको र यसलाई सुधार्ने एक मात्र तरिका आर्थिक सङ्कटबाट मुक्ति हो ।
आर्थिक सङ्कटबाट मुक्तिको एक मात्र उपाय उद्योग, कलकाराखाना सुचारु रुपमा सञ्चालन नै भएको पनि उहाँले प्रष्ट पारे ।
भेनेजुएला विश्वमा नै सवभन्दा तेलको धनी राष्ट्र हो, हाल विश्वमा नै तेलको मूल्यमा कमी आएको हुनाले भेनेजुएलाको अर्थतन्त्रमा पनि यस्तो असर परेको देखिएको छ ।
गत बर्ष भेनेजुएलाको अर्थतन्त्र ५.७ प्रतिशतले सङ्कुचित भएको थियो । त्यसैगरी मङ्हगी पनि १८० प्रतिशतले बृद्धि भएको थियो ।