टोकियोमा शक्तिशाली भूकम्प

दियो पोस्ट  

 

टोकियो, ३ जेठ । टोकियोमा सोमबार राति शक्तिशाली भूकम्प गएको समाचार छ । टोकियोमा सोमबार राति स्थानीय समयअनुसार करिब साढे नौ बजे ५.४ रिक्टर स्केलको भूकम्प गएको समाचारमा जनाइएको छ ।

राजधानी टोकियोबाट ४१ किलोमिटर मात्र पर केन्द्रबिन्दु भएर त्यहाँ भूकम्प गएको हो । यसको गहिराई ३७ किलोमिटर मात्र रहेको थियो ।

यस धक्काले राजधानी टोकियोका घर निकै हल्लाएको बताइएको छ । यस भूकम्पको धक्का पूर्वी जापानका विभिन्न क्षेत्रसम्म पनि महसुस गरिएको बताइएको छ ।

तर यसपछि सुनामीको चेतावानी भने आएको छैन । भूकम्पपछि जापानमा सुनामीको खतराको बारेमा निकै चासो हुने गर्दछ ।

गत महिना पनि जापानको दक्षिणपश्चिमी क्षेत्रमा भूकम्प गएको थियो । त्यसमा परी कम्तीमा पनि ५० जनाको ज्यान गएको थियो ।