पाँच माओवादी एकतामा मातृका यादव पनि ?

diyopost.com
bestnp  बिहिबार, जेठ ०६, २०७३ | ६:३६:४०

काठमाडौं, ६ जेठ । विभिन्न धारामा विभाजित बनेका ५ माओवादी धाराको एकता अधिवेशन सुरु भएको छ । राजधानीको बबरमहल स्थित कार्की पार्टी भेन्युमा सुरु भएको हो ।

अधिवेशनमा एमाओवादी अध्यक्ष प्रचण्ड, क्रान्तिकारी माओवादी परित्याग गरेका रामबहादुर थापा बादल, नेकपा माओवादीका नेता मातृका यादव, क्रान्तिकारी कम्युनिष्ट पार्टीका मणि थापा, एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु सहभागी छन् । यसअघि एकता प्रक्रियामा बाहिरिएको भनिएका मातृका यादव पनि कार्यक्रममा छन् ।
अधिबेशन आज ३ बजे भित्र समापन गर्ने एमाओवादीले जनाएको छ । ‘अहिले हाम्रो बीचमा छलफल चलिरहेको छ,’ कार्यक्रम स्थलबाट एक नेताले भने, ‘आज केही घण्टाको छलफलपछि हामी पार्टी एकताको घोषणा गर्ने छौं ।’

तीन वजे पत्रकार सम्मलन मार्फत पार्टी एकता भएको घोषणा गरिने जनाइएको छ ।

सम्बन्धित खबर