इजिप्ट एयरको विमान एक्कासी सम्पर्क विहिन

दियो पोस्ट  

एजेन्सी, ६ जेष्ठ । ईजिप्ट एयरको विमान सम्पर्क विहिन भएको छ ।

फ्रान्सको राजधानी पेरिसबाट इजिप्टको राजधानी कायरो उडेको इजिप्ट एयरको फ्लाइट एमएस ८०४ नम्बरको विमानमा ५९ यात्रु र चालक दलका १० सदस्य रहेको बीबीसीले जनाएको छ । विमानमा तीन जना बच्चाहरु रहेको जनाइएको छ । त्यस्तै सात जना उद्धारकर्ता र तीन जना सुरक्षाकर्मी रहेको बीबीसीले जनाएको छ ।
बिमान ३७ हजार फिट माथि उडिरहेको बेला एक्कासी राडारसंग सम्पर्कबिहीन भएको एयरलाइन्सले जनाएको छ ।

Egyp air


एयरलाइन्सका अनुसार इजिप्टको हवाई क्षेत्रमा १६ किलोमिटर छिरिकेपछि बिमान सम्पर्कबिहीन भएको हो ।

स्थानीय समय अनुसार बिहान २स्४५ बजे बिमानको राडारसंग सम्पर्क टुटेको हो ।

 
बिमान बुधबार राति ११ बजेर ९ मिनेटमा पेरिसबाट उडेको थियो । बिहीबार बिहान ३ बजे कायरो बिमानस्थल आइपुग्नुपर्ने बिमान १५ मिनेट अगाडी सम्पर्कबिहीन भएको हो ।
बिमानको खोजी गर्न उद्दार टोली खटाइएको छ । ग्रीसका अधिकारीसंगको समन्वयमा खोजी कार्य सुरु गरिएको छ ।
विश्वभरका बिमानको ट्र्याक गर्ने वेबसाइट फ्लाइट राडारका अनुसार उक्त बिमान एयरबस ए ३२० हो ।