काठमाडौं, ६ जेठ । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संगठनले महंगी र कालोबजारी विरुद्ध सडक आन्दोलनमा उत्रेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले उखानको टुक्का धेरै हालेकोमा समेत विद्यार्थीले बिरोध गरेका छन् ।
कालो कपडामा विभिन्न नाराहरु लेखेर विद्यार्थीहरु राजधानीको प्रदर्शनी मार्ग हुँदै रत्नपार्क पुगेर सभामा परिणत भएको थियाये ।
उनीहरुले ओली सरकारै संरक्षणमा कालोबजारी बढेको समेत दाबी गरेका थिए । विद्यार्थी नेताहरुले सरकारलाई उखानको टुक्का बन्द गर्न समेत अनुरोध गरेका छन् ।