संविधान कार्यन्वयन नभए मुलुक गम्भिर दुर्घटनामा : सिंह

संविधान कार्यन्वयन नभए मुलुक गम्भिर दुर्घटनामा : सिंह

काठमाडौं, ८ जेठ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान कार्यन्वयन समयमै नभए मुलुक गम्भिर दुर्घटनामा पर्न सक्ने दाबी गरेका छन् ।

शनिबार नेपाली कांग्रेस क्षेत्र नं. २ शंखरापुर नगर समितिले साखुमा आयोजना गरेको कार्यक्रममा बोल्द्रै समय निकै कम भएकाले आवश्यक कानुन बनाएर आगामी माघ ७ भित्र संविधान कार्यन्वयन गर्नुपर्ने बताएका हुन् ।

संविधान कार्यन्वयनको लागि जिम्मेवार बन्नका लागि सबैदलहरुलाई अपिल गर्दै सिंहले दलहरुलाई जिम्मेवार बन्न समेत आग्रह गरे ।

नेता सिंहले मुलुकमा विद्यमान संकट निम्तीनुमा वर्तमान सरकार जिम्मेवार भएको दाबी गरे । ‘मुलुकमा अहिले संकटहरु बढ्दै गएको छ, यसले हामीलाई चिन्तीत बनाइरहेको छ,’ नेता सिंहले भने,‘यसले निम्त्याउँदै गएको राजनीतिक संकटमा सरकारको ठूलो जिम्मेवारी छ ।

Trending News