समाजसेवी एक नेपालीको युएईमा मृत्यु

समाजसेवी एक नेपालीको युएईमा मृत्यु

युएई, ८ जेठ । युएईएमा एक नेपालीको मृत्यु भएको छ । धादिङ सेवा समाज अजमान क्षेत्रिय समितिका अध्यक्ष थान बहादुर गुरुङ्को उपचारको क्रममा निधन भएको हो । स्थायी घर धादिङको ज्यामरुङ गाविस ९ गैह्री गाउँ रहेका उनी समाजसेवामा निकै सक्रिय थिए ।
गत बुधबार अचानक बेहोस भएपछि उनलाई अजमान स्थित शेख खलिफा बिन जायद अस्पतालमा भर्ना गरिएको थियो ।

विगत १७ वर्षदेखि युएईको अजमानमा रहेको केएचके स्काई फोल्डीङ कम्पनिमा कार्यरत रहेका गुरुङ उच्च रक्तचापका विरामी थिए ।

परिवारका अनुसार उनको शवलाई भोलीदेखि प्रक्रिया पु¥याएर मंगलबारसम्म नेपाल पठाइने छ ।

Trending News