जाकार्ता (इन्डोनेसिया), ८ जेठ । इन्डोनेसियाको उत्तरी सुमात्रा टापूको माउण्ट सिनावङमा शनिबार ज्वालामुखी आएको छ ।
ज्वालामुखीबाट निस्केको धुवाँको मुस्लो र उच्च तापका कारण तीनजनाको मृत्युृ भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।
ज्वालामुखीका कारण तीनजनाको मृत्यु भएको र अन्य केही घाइते भएको समाचारको यहाँको राष्ट्रिय प्रकोप व्यवस्थापन विभागका प्रवक्ताले पुष्टि गरेका छन् ।