आईएसको आक्रमणमा पूर्वमन्त्रीको मृत्यु

दियो पोस्ट  

 

त्रिपोली (सिरिया) । आईएसको आक्रमणमा एक पूर्व मन्त्रीको मृत्यु भएको छ । लिबियाका पूर्व श्रममन्त्री मोहम्मद सोआलेमले इस्लामिक स्टेट जिहादी समूहका विद्रोहीद्वारा गरिएको आक्रमणमा भएको, लाना न्युज एजेन्सीले आइतबार जनाएको छ ।

उनको सरकारी सेना तथा विद्रोहीबीच लिबियाको सिर्त क्षेत्रमा भएको झडपका क्रममा मृत्यु भएको बताइएको छ ।

सोआलेमले अलि जैदानको मन्त्रिमण्डलमा श्रममन्त्रीका रुपमा सन् २०१२ देखि सन् २०१४ सम्म कार्यभार सम्हालेका थिए ।

पूर्व शासक मोहम्मर कद्दाफीको पडक रहेको तथा विद्रोहीको आश्रयस्थल सिर्तको अबुग्रेन क्षेत्रमा भएको उक्त झडपमा सरकारी पक्षका पाँच सेनाको पनि मृत्यु भएको लानाले बताएको छ ।

सरकारी हवाई सैन्य बलद्वारा उक्त क्षेत्रमा गरेको कारबाहीमा विद्रोही पक्षको पनि व्यापक क्षति भएको बताइएको छ ।

सम्बन्धित खबर