सुरक्षा कारबाहीमा त्रिपन्न आतङ्ककारी मारिए

दियो पोस्ट  

काबुल ९अफगानिस्तान०, ११ जेठ । अफगान सुरक्षाबलले सोमबार बिहानबाट तालिवान आतङ्ककारीविरुद्ध सुरु गरिएको कारबाहीको क्रममा ५३ जना तालिवान लडाकू मारिएका छन् । अफगान रक्षा मन्त्रालयले मङ्गलबार सो जानकारी दिएको छ ।

गत २४ घण्टाभित्र गरिएको कारबाहीको क्रममा ती आतङ्ककारी मारिनुको साथै अन्य ८१ जना घाइते भएका र तीन जना पक्राउ परेका अफगानिस्तानको गृहमन्त्रालद्वारा मङ्गलबार प्रकाशित विज्ञप्तिमा जनाएको छ ।

अफगानिस्तानको ३४ प्रान्त मध्ये १८ वटामा अफगान सैनिक र प्रहरीको सहभागीतामा भएको सो कारबाहीमा ती आतङ्ककारीहरू मारिएका मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

यस कारबाहीको क्रममा कैयौँ हातहतियार कब्जा गर्नुको साथै सडककिनारमा रहेको बम र बारुदी सुरुङ्ग निष्क्रिय पारिएको पनि सो विज्ञप्तिमा जनाइएको छ ।

यस कारबाहीको क्रममा नौ जना अफगान सैनिकले समेत ज्यान गुमाएको पनि सो विज्ञप्तिमा प्रष्ट पारिएको छ ।

तालिवानले द्वन्द्व जारी राखेको यस मुलुकमा अशान्त प्रान्तहरूमा सुरक्षा बलले कारबाही जारी राखेका छन् । जारी कारबाहीमा परी दिनहूँजसो तालिवान मारिने गरेका छन् ।

गत २४ घण्टाभित्र भएका यस कारबाहीको तालिवान लडाकू समूहले भने कुनै टिप्पणी गरेका छ्रैनन्

सम्बन्धित खबर