खेतबारी बाझै

दियो पोस्ट  

जाजरकोट, १२ जेठ । पानी नपर्दा यहाँका किसानका खेत बाझै रहेका छन् ।

पानी नपर्दा मकैबाली रोप्न पाएका छैनन् । वैशाखको पहिलो हप्तातिर रोपी सक्नुपर्ने मकैबाली अहिलेसम्म लगाइएको छैन । आकासे पानीको प्रतीक्षामा रहेका किसान टाउकोमा हात राखेर बस्नुपर्ने बाध्यता रहेको रग्दाका अग्नी ध्यार बताऊँछन्। पर्याप्त सिँचाइ सुविधा नभएका कारण यहाँका अधिकांश किसान आकासे पानीको भरमा मकैखेती लगाउने गर्छन ।

खेतबारीमा मल प्रयोग गरेर मकै रोप्नलाई तयार पारेको महिना दिन बित्तिसके पनि पानी नपरेपछि किसान पीडा बोध गरी बसेका छन् । छिमेकी जिल्ला रुकुम, डोल्पा, सल्यानका किसानले समेत पानी नपर्दा अहिलेसम्म मकै रोप्न पाएका छैनन् । धानबालीका लागी बेर्ना उर्मान नपाएको किसानले बताएका छन् ।

सम्बन्धित खबर