विराटनगर, १३ जेठ । १३ किलो गाँजासहित एकजनालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ ।
धनकुटाको आहाले–६ बस्ने २७ वर्षीय झिगरसिंह राईलाई विराटनगर–५ स्थित केशलिया पुलबाट पक्राउ गरिएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।
को१६प २३८७ नंको मोटरसाइकलबाट पूर्वबाट पश्चिमतर्फ गइरहेको अवस्थामा प्रहरी चौकी बरगाछीको टोलीले उनको झोलाको जाँच गर्दा लागु पदार्थ गाँजा बरामद भएको हो ।
उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, मोरङमा राखिएको छ ।