काठमाडौँ, १३ जेठ । चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालले सबै राजनीतिक दललाई आन्दोलनको स्वरुप परिवर्तन गरी अब शान्त र सघन बाटो अवलम्बन गर्न आह्वान गरेको छ ।
सो पार्टीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष बद्रीप्रसाद न्यौपानेले भने – “सबै राजनीतिक दललाई गुनासा, विरोध, असन्तुष्टि सुन्ने÷सुनाउने शान्त र सघन बाटो अख्तियार गर्न अनुरोध गर्दछौँ ।
मुलुकको राष्ट्रिय अखण्डता, राष्ट्रियता र सार्वभौमसत्ताविरुद्ध हुने गरी केही राजनीतिक दलका नेताहरुबाट आएका अभिव्यक्तिले पार्टीलाई स्तब्ध तुल्याएको उनले बताए । जनताको हित र संविधान विपरीत हुने जुनसुकै क्रियाकलाप आफूहरुलाई सह्य नहुने उनको भनाइ थियो ।
अध्यक्ष न्यौपानेले चुरे क्षेत्रमा बसोबास गर्ने जनताको भावनाअनुसार चुरेभावर प्रदेशको मागलाई सम्बोधन गर्न सरकारसँग आग्रह गरे ।
उनले जनताको हित र समृद्धिका मुद्दामा भने सबैलाई सघाउने प्रतिबद्धता व्यक्त गरे ।
Anamnagar Kathmandu, Nepal Regd No : ५२१/२०७४–७५ Editor: Rita Budhathoki