काठमाडौं, १४ जेठ । नेपाली फूटबल टिमका स्ट्राईकर बिमल घर्तिमगरकी बहिनी मनिषा घर्तिमगरको शवलाई पोस्टमार्टमको लागि राजधानी ल्याईएको छ । बुधबार राति आफ्नै नवलपरासी स्थित नगरपालिका बर्दाघाटमा मृत अवस्थामा भेटिएकी मनिषाको शवलाई विहीबार काठमाडौं पठाइएको थियो । शिक्षण अस्पताल महाराजगंजमा उनको शव राखिएको छ ।
प्रहरीका अनुसार केही बेरपछि पोस्टमार्टम हुनेछ । घटनामा समलग्न भएको अभियोगमा प्रहरीले उनको प्रेमि ‘आशिष’ भनिने रुद्र नारायण चौधरी र अन्य एक जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । चौधरीले बयानको क्रममा प्रहरीसँग आफूले हत्या नगरेको बताएका छन् । तर प्रहरी घटना स्थलमा झ्याल फूटेको र खाटमा रगत देखिएको बताएको छ ।
बहिनीको मृत्युको खबरपछि बिमल घर्तिमगर बेल्जियमबाट शुक्रबार नेपाल फर्कंदै छन् ।