काठमाडौं, १४ जेठ । बहिनीको शंकास्पद मृत्युपछि नेपाल फर्किएका नेपाली फूटबल स्ट्राईकर बिमल घर्तिमगरले ‘अन्तिम पटक बहिनीको मुख’ हेर्ने मनासाय राखेपछि मनिषा घर्तिमगरको पोस्टमार्टम केही समय पछि सरेको छ ।
बुधबार आफ्नै नवलपरासी नगरपालिका बर्दाघाटमा मृत अवस्थामा भेटिएकी मनिषाको शवलाई विहीबार राजधानीको शिक्षण अस्पताल ल्याइएको थियो ।
बहिनीको मृत्युपछि बेल्जिियममा खुट्टाको उपचार गर्न गएका बिमल आज विहान नेपाल फर्किएका थिए ।
१० बजे नै पोस्टमार्टम गर्ने भनिएपनि विमलले एकपटक बहिनीको मुख हेर्ने बताएका थिए ।