राष्ट्रपति ओबामा हिरोसिमा जाने, हिरोसिमाको भ्रमण गर्ने ओबामा पहिलो अमेरिकी राष्ट्रपति

राष्ट्रपति ओबामा हिरोसिमा जाने, हिरोसिमाको भ्रमण गर्ने ओबामा पहिलो अमेरिकी राष्ट्रपति

हिरोसिमा, १४ जेठ । अमेरिकी राष्ट्रपति बाराक ओबामा जापानको हिरोसिमा सहर पुग्ने भएको समाचार छ ।
उनि शुक्रबार हिरोसिमाको भ्रमण गर्न लागेको प्राप्त समाचारमा जनाइएको छ । अमेरिकी राष्ट्रपतिको हैसियतमा हिरोसिमाको भ्रमण गर्ने उनी नै पहिलो राष्ट्रपति हुने पनि समाचारमा जनाइएको छ ।

हिरोसिमा सहर दोस्रो विश्वयुद्धका क्रममा जापानमाथि अमेरिकाले गरेको क्रुर हमलाको एक उदाहरण हो ।
दोस्रो विश्वयुद्धका क्रममा सन् १९४५ को अगष्ट ६ मा अमेरिकी सेनाले हिरोसिमामा आणविक बम हमला गरेको थियो । दोस्रो विश्वयुद्धको यो नै सबैभन्दा क्रुर हमला थियो ।

यस हमलका क्रममा हिरोसिमा सहरका कम्तीमा पनि १ लाख ४० हजार जापानी नागरिकको ज्यान गएको थियो ।
त्यो आक्रमणको करिब सात दशकपछि नै त्यस समयमा बम हमला गर्ने देश अमेरिकाकै राष्ट्रपतिले सोही स्थानमा गर्न लागेको भ्रमणलाई संसारले नै एक प्रमुख चासोका रुपमा लिएको छ ।

सन् १९४५ को अगष्ट ६ मा अमेरिकी विमान एनोला गेले हिरोसिमा सहरमा लिटिल ब्वाय नामको बम खसालेको थियो ।

सो बमले नै हिरोसिमा सहरको सुन्दरता मात्र नभई मानव सभ्यतामाथि नै धावा बोलेको हो । सो बमको विकिरणका कारण दशौँ हजार व्यक्तिले ज्यान गुमाउन बाध्य हुनुपरेको थियो ।

यसको तीन दिनपछि पुनः अमेरिकाले जापानकै अर्को सहर नागासाकीमा अर्को बम हानेको थियो । सो बम लागेर नागासाकीमा पनि दशौँ हजार नागरिक मारिएका थिए ।

उनको कार्यकालको सातौँ वर्षमा हुन लागेको यस भ्रमणका क्रममा उनले हिरोसिमाको त्यस समयको क्रुरताबाट पाठ सिक्ने सन्देश दिन चाहेको बुझिन्छ ।

यस अघि उनले उक्त भ्रमण गर्ने वा नगर्ने भन्ने बारेमा विवाद भएको थियो । उनको सो भ्रमणका क्रममा जापानी प्रधानमन्त्री सिन्जो अबे पनि साथमै हुने जनाईए को छ ।

Trending News