इस्लामाबाद, १४ जेठ । मध्य पाकिस्तानमा बिहीबार साँझ भएका दुई छुट्टाछुट्टै कारबाहीमा परी अल कायदासँगआवद्ध १४ जना सदस्य मारिएका जनाइएको छन् ।
पाकिस्तानी अधिकारीहरुले शुक्रबार बिहान सो कारबाहीको जानकारी गराएका छन् । उनीहरुले पाकिस्तानी सेना र प्रहरीले संयुक्तरुपमा गरेको सो कारबाहीका क्रममा ती लडाकू मारिएका हुन् ।
आतङ्कबादविरुद्ध कार्यरत एक सुरक्षा विभागले शुक्रबार जारी गरेको एक विज्ञप्तिमा पञ्जाव प्रान्तको मुल्तान सहरनजिकै भएको सो संयुक्त प्रहरी कारबाहीमा अलकायदाका कम्तीमा १२ सदस्य मारिएका बताइएको छ ।
त्यसैगरी देरा गाजी खानस्थित एक ग्रामीण क्षेत्रमा प्रहरी र सुरक्षाकर्मीबीच भएको दोहोरो गोली हानाहानमा पनि केही अलकायदा आतङ्ककारी मारिएको अनुमान गरिएको छ ।
तर यसको पूर्ण जानकारी भने प्राप्त नभएको पनि सुरक्षा निकायले जनाएका छन् ।
त्यसैगरी अर्को एक समाचारमा प्रहरी अधिकारी शाकिर उल्लाहले पाकिस्तानको उत्तर पश्चिमी सहर पेसावरमा शुक्रबार अपरान्ह पाकिस्तानी सुरक्षा बलसँग संदिग्ध आत्मघाती आक्रमणकारीले भिडन्त गरिरहेका छन् ।
यस घटनाबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको उनले जानकारी दिएका छन् ।