गुगलले मनायो नेपाली गणतन्त्र दिवस, डाँफे चरिमा ‘क्लिक’ गर्दा भने भारतको गणतन्त्र दिवस ?

दियो पोस्ट  

काठमाडौं । आज जेठ १५ । अर्थात गणतन्त्र दिवस । २०६५ जेठ १५ गते नेपालको जननिर्वाचित पहिलो संविधानसभाले औपचारिक रुपमा देश गणतन्त्रमा गएको घोषणा गरेको थियो । विश्वको एक नम्बर सर्च इन्जिन गुगलले पनि नेपालको गणतन्त्र दिवसमा सम्मान व्यक्त गरेको छ । आफ्नो होमपेजमा गुगलले नेपालको राष्ट्रिय चरा डाँफे चरी राखेर सम्मान व्यक्त गरेको हो । ‘ह्याप्पी नेपाल रिपब्लिक डे २०१६ ’ लेख्दै गुगलले डाँफे चरि राखेको छ ।

क्लिक गर्दा विकिपिडियामा नेपालको सार्वजनिक विदा भनेर नेपालको गणतन्त्र दिवस बारे लेखिएको छ । तर ‘रिपब्लिक’ डे मा भने भारतको गणतन्त्र दिवसबारे लेखिएको छ ।

गुगलले आफ्नो डुडल पेजमा नेपालको गणतन्त्र दिवसबारे लेखेको हो । यसअघि नेपालमा आएको विनाशकारी भूकम्पपछि सारा नेपालीहरुको साथमा आफूहरु रहेको बताएको थियो ।

नेपालबाट गुगल सर्च गर्ने सबै ग्राहकले नेपालको गणतन्त्र दिवसको ब्यानर देख्ने छन् । यस अघि पनि गुगलले नेपाली गणतन्त्र दिवसको शुभकामना दिएको थियो ।

सम्बन्धित खबर