गुलरिया (बर्दिया), १५ जेठ । कालिका गाविस वडा–४ तेसन्नपुरका ३० वर्षीय अन्नत चौधरीको गएराति धारिलो हतियार प्रहार गरी अज्ञात समूहले हत्या गरेको छ ।
उक्त समूहले मुखमा सेतो पट्टि बाँधेर चौधरीको हत्या गरेको इलाका प्रहरी कार्यालय मैनापोखरले जनाएको छ ।
अनुसन्धानका सिलसिलामा सो गाउँका बगिया थारु, सुख्खराम थारु, हरिकृष्ण थारु र उजेली थरुनीलाई प्रहरीले प्रक्राउ गरेको छ ।