नेताको मुखमा दर्शक दिर्घाबाट ‘केक आक्रमण’

diyopost.com
bestnp  शनिबार, जेठ १५, २०७३ | १५:४७:५४

 

बर्लिन (जर्मनी), १५ जेठ । जर्मनीका प्रतिपक्षी दलका उपनेता साहरा बागेननेच्टमाथि मागदेवर्गमा आयोजित छलफलमा व्यस्त रहेका बेला भेलामा उपस्थित एक नागरिकले आक्रमण गरेको यहाँको डीपीए न्युज एजेन्सीले जनाएको छ ।

केकले बागेननेच्टको मुखमा प्रहार गरिएको थियो ।

उक्त अवसरमा बागेननेच्टले धेरै आप्रवासी समस्या बहन गर्ने जर्मनीको शक्ति नभएको बताउँदै सबै शरणार्थी जर्मनी मात्रै आउन सम्भव नहुने कडा अडान राख्दै थिए  ।

बागेननेच्टको भनाईप्रति असन्तुष्ट दर्शक दिर्घामा रहेका एक नागरिकले केकद्वारा आक्रमण गरेका थिए ।

सम्बन्धित खबर