प्रेस चौतारीकै अध्यक्षमाथि गम्भिर आरोप : स्त्रीसँग शंकास्पद सम्बन्धदेखि २५ लाख हिनामिनासम्म !

प्रेस चौतारीकै अध्यक्षमाथि गम्भिर आरोप : स्त्रीसँग शंकास्पद सम्बन्धदेखि २५ लाख हिनामिनासम्म !


काठमाडौं, ३० वैशाख । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी निकट पत्रकार संगठन प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतमाथि गम्भिर आरोप लागेको छ ।


प्रेस चौतारीकै केन्द्रीय सदस्यहरुले बस्नेतमाथि आर्थिक अनियमिततादेखि स्त्रीसँग शंकास्पद सम्बन्ध रहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र नै बुझाएका खुलाशा भएको छ ।
बस्नेत र कोषाध्यक्ष इन्द्र आचार्यमाथि सरकारले दिएको २५ लाख रुपैयाँ रकम हिनामिना गरेको आरोप लागेको हो ।


‘प्रेस चौतारीको नाममा सञ्चार मन्त्रालयले आर्थिक वर्ष २०७४/०७५ का निम्ति अनुदान स्वरुप दिएको रकम रु. २५०००० (पच्चिस लाख रुपैयाँ) अध्यक्ष गणेश बस्नेत र कोषाध्यक्ष इन्द्र आचार्यले मिलेर व्यक्तिगत कामका लागि खर्च गरेको,’ अध्यक्ष ओलीलाई बुझाइएको पत्रमा भनिएको छ,‘उक्त रकम सम्बन्धि कुनै पनि विवरण, लेखा परिक्षण नगरेको । संगठनको कुनैपनि बैठकमा सो रकम प्राप्त भएको सम्बन्धमा जानकारी नगराएको । यस सम्बन्धमा प्रेस चौतारीको खाता रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको खाता नम्बर ०१२०५०३०१३२६९९ को बैंक स्टेटमेन्टले यो आरोप प्रमाणित गर्दछ ।’
त्यस्तै बस्नेतले खानेपानी मन्त्री विना मगरको कृते हस्ताक्षेर गर्ने व्यक्तिलाई केन्द्रीय कार्यालय सचिवमा नियुक्त गरेको आरोप अध्यक्ष बस्नेतलाई लागेको छ ।

प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत भन्छन्,‘आरोप झूटो हो, पुष्टि भए सार्वजनिक जीवन त्याग गर्छु’


‘नेकपा केन्द्रीय सदस्य खानेपानी तथा सरसफाई मन्त्री क. विना मगरको नक्कली हस्ताक्षेर नागरिकता किर्ते गरी विभिन्न व्यक्ति र संस्थासँग आर्थिक संकलन गर्नका लागि वहाँको नाममा सिमकार्ड समेत झिक्ने क्रममा २०७५ भदौ १४ गते प्रहरीद्वारा पक्राउ गरिएका दोलखाका सञ्जिव दाहालर्लाइ संगठनमा कुनै निर्णय नै नगरी अध्यक्ष गणेश बस्नेतले प्रेस चौतारीको केन्द्रीय कार्यालयको सचिव बनाएका हुन्,’ पत्रमा भनिएको छ,‘उनी कारबाहीमा परेपछि उनलाई हटाएको सुचना निकालिए पनि यो काममा गणेश बस्नेतले निर्देशन दिएर लागेको हुँ चनी गोप्य कुरा खोलीदिन्छु भनेपछि अहिले पनि उनी चोतारीको कार्यालयमा सचिव रहेका छन् । उक्त कार्यालय चौतारीको भएपनि त्यहाँ कोही चौतारीका पदाधिकारी जाँदैनन् । वास्तवमा चौतारीबाट पैसा तिरेर त्यहाँबाट जनता टाइम्स अनलाईन सञ्चालन हुने गरेको छ ।’

पत्रमा आरोप लगाइएका व्यक्ति सञ्जिव दाहालले दियोपोस्टलाई टेलिफोन सम्पर्क गरी आफू प्रेस चौतारीमा समलग्न नै नभएको बताए । ‘म आधिकारीक रुपमा कार्यालय सचिव भएको थिइन,’ सञ्जिवले दियोपोस्टसँग भने,‘मलाई कुनै किर्ते हस्ताक्षेरमा पक्राउ गरिएको पनि छैन । जनता टाइम्स हामीले दुख गरेर शुरु गरेको हो । यहाँ चौतारीको एक पैसा लगानी छैन । आवश्यक परे म कागज पत्र नै देखाइदिन्छु ।’


बस्नेतबाट असन्तुष्ट बनेका समुहले बस्नेतमाथि आफ्नै उपाध्यक्षमाथि रकम मागेको आरोप समेत लगाएका छन् ।


संसदीय मामिला पत्रकार समाजको निर्वाचनका क्रममा संगठनका उपाध्यक्ष नरेन्द्र साउदसँग अध्यक्षमा लड्नका लागि पैसा मागेको आरोप लगाएका छन् । मागेको रकम दिन नसकेपछि कांग्रेस समर्थक नारायण काफ्लेलाई जिल्ला वासीको नाताले सहयोग गर्छु भन्दै संगठनकै भोट त्यता हाल्न लगाएको आरोप बस्नेतमाथि लगाएका छन् । यस सम्बन्धमा चौतारीकै पदाधिकारीलाई समेत थाहा भएको जनाइएको छ ।


चौतारीकै उपाध्यक्ष टिका विष्टले एक वर्षअघि कार्यालयमा पुगेर अध्यक्ष बस्नेतलाई फोन गरेको र बस्नेतले फोनमा आफू बाहिर रहेकोले ५ मिनेटमा आउन आग्रह गरेको तर ५ मिनेटसम्म त्यहीँ बस्ता भित्रबाट एक महिला निस्किए देखेको समेत उक्त कागजातमा उल्लेख छ । ती महिलासँग बस्नेतको के सम्बन्ध थियो त्यो भने रहस्यको विषय रहेको छ । तर यस विषयमा उपाध्यक्ष विष्टलसँग टेलिफाेन सम्पर्क गर्दा प्रतिक्रिया दिन अस्विकार गरिन् ।


बस्नेतले नेपाल पत्रकार महासंघको निर्वाचनमा उम्मेदवार बनाइएका पत्रकारहरुको नाममा आर्थिक रकम उठाउने धन्दा नै चलाएको आरोप पनि उनीमाथि लगाइएको छ । उनले १० लाख भन्दा बढी रकम उठाएको आरोप छ ।


त्यतिमात्रै होइन अध्यक्ष बस्नेतले आर्थिक प्रलोभनमा परी मानव तस्करीको सेटिङ समेत मिलाएको आरोप लागेको छ ।


दोलखा घर भएकी अनिस्मा बस्नेत नामक महिलिालाई चौतारीको केन्द्रीय सदस्य भनी २०७३ सालमा अमेरिकाको भिसाका लागि सिफारिस गरेको र दुतावासले उनी नेकपा एमालेको सदस्य भए नभएको र चौतारीको केन्द्रीय सदस्य भए नभएको सोधखोज गर्दा तयस्तो नाम गरेको चौतारीको साधारण सदस्य समेत नभएको फोला पारेको बताइएको छ । चौतारीकै संगठनका कार्यकर्ताले खोजी गर्दा बस्नेतले आर्थिक प्रलोभनमा उक्त महिलालाई अमेरिका जान सिफारिस गरेको आरोप उनीमाथि छ ।

Trending News