मलेखु खोला कब्जा गर्ने ह्वासिन सिमेन्टले लियो बालकको ज्यान, स्थानीयबासी आन्दोलित !

मलेखु खोला कब्जा गर्ने ह्वासिन सिमेन्टले लियो बालकको ज्यान, स्थानीयबासी आन्दोलित !

दियोपोस्ट संवाददाता


धादिङ, ५ जेठ । धादिङको बेनिघाट रोराङ गाउँपालिका २ ताल्तिमा निर्माणाधिन ह्वासिन सिमेन्ट नारायणी प्रा.लीको लापरबाहीका कारण एक बालकको मृत्यु भएको छ ।


मलेखु खोला नै कब्जा गरी निर्माण भइरहेको सिमेन्ट उद्योगले सडक निर्माणका क्रममा स्क्याभेटरले खनेको खाल्टोमा परी बालकको निधन भएको हो । निधन हुनेमा स्थायी घर सिद्धलेख गाउँपालिका १ घर भएका ८ वर्षिय केदार गिरी रहेका छन् ।


उद्योगले बेनिघाट रोराङ तर्फबाट मलेखु खोलाकै अस्तित्व सकिने गरी सडक निर्माण गरिरहेको छ । सोही सडक खण्डमा खनेको खाल्टोमा जमेको पानीमा परी गिरीको निधन भएको हो ।

मृतक बालक गिरी


बेनिघाट रोराङ गाउँपालिका ३ चारसेफाँटमा सडक निर्माणका क्रममा गिरीको निधन भएको हो ।

उनका बाबु आमा सामान्य ज्याला मजदुरी बसेर चारसे फाँटमा बस्दै आएका थिए ।


स्थानिय जनजागृति आधारभूत विद्यालयमा कक्षा २ मा अध्ययनरत मृतक बालकको परिवारलाई क्षतिपूर्ति दिने सहमति भएपछि घटना मिलाइएको छ ।

स्थानियबासीले बालकको मृत्यु भएपछि दोषीलाई कारबाहीको माग गर्दै आन्दोलन नै गरेका थिए ।

याे पनि पढ्नुहाेस्


ह्वासिन् सिमेन्ट उद्योग बनाउन मलेखु खोला नै ‘कब्जा’, नेताकै समलग्नतामा ३ सय रोपनी खोला गायब !

Trending News