काठमाडौं । एयर एसियाले नेपालमा चोरबाटोबाट प्रवेश पाउने भएको छ । यसअघि एयर एशियाले बुझाउनुपर्ने २१ करोड रुपैयाँ बक्यौता बाँकी रहँदा रहँदै थाई एयर एसियाको नाममा नेपाल भित्रने अन्तिम तयारीमा एयर एशिया लागेको पाइएको छ ।
थाइल्यान्डको बैङ्ककबाट नेपाल उडानका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सञ्चालन अनुमति दिएको खुलेको छ ।
यसअघि माफिया व्यापारी हरिमान लामा, गणेश लामा, सावित्री श्रेष्ठ र किरण खड्काको मिलेमतोमा राज्यलाई २१ करोड रुपैयाँ ठगी गरिएको भएतापनि उनीहरुलाई कुनै कारबाही नै भएको छैन । करोडों रकम नतिरी नेपालमा उडान बन्द गरेको एयर एशियाले इन्सेन्टिभ ट्राभल्सलाई जिएसए दिएको थियो । तर, उक्त कम्पनिकै पदाधिकारीले एयर एशियाबाट आएको विमानस्थल प्रयोग बापतको शुल्क हिना मिना गरेको आरोप समेत लाग्दै आएको छ ।
राज्यलाई करोडौँ ठग्ने एयर एशियाले थाई एयर एसियाले नेपाल उडानका लागि नागरिक उड्डयन प्राधिकरण ९क्यान०मा बिहीबार निवेदन समेत खुलेको छ ।
यसअघि एनसेल करछलीका क्रममा पनि विदेशमा छुट्टै होल्डिङ कम्पनि खडा गरी राज्यलाई ८५ अर्ब भन्दा बढी कर छली गरेको थियो । ठीक त्यस्तै राज्यलाई २१ करोड ठगी गरेपछि एयर एशियाले थाइ एयर एशियाको नाममा अर्को ठगीधन्दा चलाउन लागेको पाइएको हो । आगामी साउनबाट एयर एशियाले नियमित उडान गर्ने तयारी गरेको खुलेको छ ।
थाई एयर एसियाको नेपालको जनरल सेल्स एजेन्ट ९जीएसए० विशाल ग्रुपले लिएको छ । त्रिभूवन विमानस्थललाई बुझाउनु पर्ने शुल्क नबुझाएर नेपाल आउन प्रतिबन्ध भएका कारण नयाँ तिकिडम गरेर फेरी अर्को ठगीधन्दा चलाउने खतरा रहेको व्यावसायीहरुकै भनाई छ ।