पोखराले काठमाडौंलाई बराबरीमा रोक्यो

दियोपोस्ट संवाददाता

काठमाडौंं, १८ बैशाख । नेपाल सुपर लिग (एनएसएल) फ्रेञ्चाइज फुटबल लिगमा पोखरा थन्डर्सले काठमाडौं रेजर्सलाई गोलरहित बराबरीमा रोकेको छ ।

शुक्रबार अबेर सम्पन्न खेलको निर्धारित समयमा दुबै टोलिले गोल गर्न सकेनन ।

एनएसएलको नौ खेलपछि सामान चार अङ्क जोडेको बुटवल, धनगढी, पोखरा र काठमाडौं क्रमशः शीर्ष चारमा छन् ।

शीर्ष स्थानको बुटवलले भने धनगढी, पोखरा र काठमाडौंभन्दा एक खेल कम खेलेको छ । तीन वटै टोलिले तीन तीन खेल खेलेको छ ।

चार वटै टोलिले एकमा जित, एकमा हार र एक एक खेल बराबरी खेलेको छ ।

पाँचौं स्थानको बिराटनगरले भने दुईमध्ये एउटामा जित र अर्कोमा हार बेहोरेर तीन अङ्कसहित पाँचौं स्थानमा छ ।

एफसी चितवनले भने दुई खेलमध्ये दुबै बराबरी खेलेको छ । उसको दुई अङ्क छ । पूछारमा रहेको ललितपुर सिटी एफसीले तीन खेलमध्ये दुई बराबरी र एकमा हार बेहोरेको छ ।