काठमाडौं, १८ बैशाख । नेपाल क्रिकेट संघ (क्यान) ले कोरोनाभाइरसको महामारीका बीच सबै खाले क्रिकेट गतिबिधि बन्द गर्ने निर्णय गरेको छ ।
क्यानका सचिब अशोकनाथ प्याकुरेलले कोभिड १९ को वर्तमान अवस्थामा सुधार नआएसम्म र संघबाट अर्को सूचना जारी नभएसम्म प्रस्ताबित सबै प्रतियोगिता स्थगित भएको बताएका छन् ।
क्यानका सचिब प्याकुरेलले एक बिज्ञप्ती जारी गरेर जिल्ला स्तरीय प्रतियोगिता लगायत जिल्ला छनोट एवम् प्रादेशिक छनोट र अन्य राष्ट्रहरुसँग तय भएको द्विपक्षीय एवम् त्रिपक्षीय सिरिजहरु तत्कालका लागि स्थगित गरिएको बताए ।
क्यानको उक्त निर्णयपछि मई महिनामा हुने नामीबिया बिरुद्धको एकदिबसीय श्रृखंला समेत स्थगित भएको छ ।
मन्त्रीपरिषद्को यसै साता बसेको बैठकले समूहमा खेलिने खेलमा समेत रोक लगाएको छ । उक्त निर्देशिकाको पालना गर्दै क्यानले क्रिकेट गतिबिधि रोक्ने निर्णय गरेको हो ।
नेपाल क्रिकेट संघले आईसीसीको प्रावधान अनुसार क्लब, एकेड्मी एवम् संघ संस्थाहरुबाट आयोजना गरिने क्रिकेट कार्यविधि तयार गर्न लागेको छ ।
क्यानले उक्त कार्यविधि तयार भई लागू नभएसम्म अन्य क्लब, एकेड्मी एवम् संघसंस्थाहरुले आयोजना गर्ने प्रतियोगितामा जिल्ला एवम् प्रादेशकि क्रिकेट संघलाई स्वामित्व नलिन निर्देशन दिएको छ ।
क्रिकेट गतिबिधि अनिश्चितकालका लागि स्थगित