साउथम्पटनले लेष्टर सिटीलाई बराबरीमा रोक्यो

साउथम्पटनले लेष्टर सिटीलाई बराबरीमा रोक्यो

काठमाडौं, १८ बैशाख । प्रिमियर लिगको शीर्ष चारको दौडमा रहेको लेष्टर सिटीलाई साउथम्पटनले बराबरीमा रोकेको छ ।

करिब ८० मिनेटसम्म दश खेलाडीमा सीमित भएको साउथम्पटनसँग हारबाट जोगिदै लेष्टरले १–१ को बराबरीमा रोकिएको हो ।

खेल सुरु भएको दशौं मिनेटमा जैनिक भेष्टरगार्डले जेमी भर्डीलाई लडाएपछि रेफ्रीले रातो कार्ड देखाउँदा साउथम्पटन सुरुवातमै दश खेलाडीमा सीमित हुन पुग्यो ।

स्टुअर्ट आर्मस्ट्रोङको गोल गर्ने प्रयासलाई लेष्टरका केलेची इहियानाचोले रोक्दा साउथम्पटनले पेनाल्टीको अबसर पायो ।

जेम्स वार्ड प्रोजले ६१ औं मिनेटमा उक्त अबसरलाई गोलमा परिणत गर्दै साउथम्पटनलाई १–० को अग्रता दिलाए ।

तर ६८ औं मिनेटमा इहियानाचोको क्रसलाई हेडरमार्फत् गोल गर्दै लेष्टरलाई बराबरीको स्थितिमा ल्याए ।

साउथम्पटनसँग अङ्क बाँड्दा लेष्टर अङ्कतालिकाको चौथो स्थानमा यथावत रह्यो । पाँचौं स्थानको वेष्टहमसँग उसले आठ अङ्कको अग्रता बनाएको छ ।

साउथम्पटन भने रेलिगेशन जोनबाट दश अङ्कको स्पष्ट अग्रता बनाएको छ ।

Trending News