बराबरी खेल्दै पोखरा तेस्रो स्थानमा उक्लियो

बराबरी खेल्दै पोखरा तेस्रो स्थानमा उक्लियो

काठमाडौं, २० बैशाख । नेपाल सुपर लिग (एनएस) फुटबल प्रतियोगिता
अन्तगर्तको १२ औं खेलमा पोखरा थन्डर्सले ललितपुर सिटी एफसीलाई गोलरहित बराबरीमा रोकेको छ । बराबरीसँगै पोखरा अङ्कतालिकाको तेस्रो स्थानमा उक्लेको छ ।

सुपर लिग अन्तगर्त गए राति सम्पन्न खेलमा पोखराले ललितपुरसँग ०–० खेलेको छ । बराबरीसँगै दुबै टोलिले एक एक अङ्क बाँड्यो ।

पोखराले चार खेलबाट पाँच अङ्क जोडेको छ । पोखराले चार खेलमध्ये एकमा जित, दुई बराबरी र एकमा हार बेहोरेको छ ।

ललितपुर भने छैठौं स्थानमा यथावत छ । उसले एक अङ्क जोडेपनि सामान अङ्क रहेको बिराटनगर र काठमाडौंलाई उछिन्न सकेन । बिराटनगर र काठमाडौंले भने तीन तीन खेल मात्रै खेलेको छ ।

धनगढी अङ्कतालिकाको शीर्ष स्थानमा छ । उसको सात अङ्क छ । दोस्रो स्थानको बुटवल लुम्बिनिले तीन खेलबाट पाँच अङ्क जोडेको छ ।

Trending News