काठमाडौं, २२ वैशाख । नयाँ भरियन्टको कोरोना भाइरस संक्रमण रोकथामका लागि भन्दै सरकारले विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाका कारण नेपाल घुम्न आएका पर्यटकहरु बीच बाटोमै अलपत्र परेको घटना सार्वजनिक भएपछि गृहमन्त्रालयले सहजिकरण गरिदिन परिपत्र गरेको छ ।
गृहमन्त्रालयले बुधबार सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको हो । विभिन्न जिल्लामा रहेका विदेशी पर्यटकलाई गन्तव्य तथा काठमाडौंसम्म आउन कठिनाई भएकोले उनीहरुसाग भएको पासपोर्ट, भिष र आफ्नो देश फर्कनेको हकमा टिकट भएका पर्यटकलाई नियमानुसार होटलमा क्वारेन्टाइनमा बस्ने गरि काठमाडौं फर्काउन सहजिकरण गरिदिन परिपत्र गरिएको हो ।
यस्तो छ परिपत्र