वैवाहिक वर्षगाँठमा प्रचण्ड परिवारको कारुणिक तस्विर : आखिर सिता दाहाललाई के भएको हो ?

वैवाहिक वर्षगाँठमा प्रचण्ड परिवारको कारुणिक तस्विर : आखिर सिता दाहाललाई के भएको हो ?

काठमाडौं, २६ वैशाख । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सिता दाहालबीच वैवाहिक सम्बन्ध कायम भएको ५२ औँ वर्ष भयो ।

आजकै दिन प्रचण्ड र सिता दाहालबीच वैवाहिक सम्बन्ध कायम भएकाले उनको परिवारलाई विभिन्न माध्यमबाट शुभकामना आउने क्रम जारी छ । तर, वैवाहिक वर्षको ५२ औँ वर्षमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको परिवारले एउटा कारुणीक तस्विर सामाजिक सञ्जालमा पोस्ट गरेको छ ।


वैवाहिक वर्षगाँठ शुभकामना दिँदै छोरी तथा प्रचण्डका स्वकिय सचिव गंगा दाहालले पोस्ट गरेको बुवा प्रचण्डको निधारमा टिका छ । तर, अनुहार भने निकै भावुकताको भाव देखिन्छ । सँगै रहेकी श्रीमती शरिर सुकेको छ ।

नाकबाट खाना खुवाउनका लागि राखिएको पाइप राखिएको छ । जसलाई मेडिकल भाषामा ‘न्योजो ग्याष्ट्रिक ट्युव’ भनिन्छ । लामो समयदेखि पार्किन्सन रोगबाट पीडित सिताको अवस्था दिनानुदिन नाजुक हुँदै गएको तस्विरमै देख्न सकिन्छ ।


सितालाई कस्तो रोग लागेको हो ?


छोरा प्रकाश दाहालको आकश्मिक निधन भएपछि एक्कासी विरामी परेकी सितालाई दिमागी असर परेको थियो । जसलाई मेडिकल भाषामा पार्किन्सन भनिन्छ । यो रोगले च्यापेपछि मानिसको शारिरिक सन्तुलन गुम्दै जान्छ । शरिरका जोर्नीहरु एक आसमा जाम हुने, बोल्न असमर्थ हुने, खाना निल्न नसक्ने जस्ता समस्याहरु हुन्छन् । यसको उपचारका लागि दाहाल परिवारले सितालाई भारतको मुम्बई, अमेरिका लागायतका देशमा समेत पुर्याएको थियो । तर, हालसम्म पनि उनलाई ठीक भएको छैन ।

Trending News