
काठमाडौं, ५ जेठ । चक्रवाती आँधी ताऊ ते गुजरातमा कमजोर भएर अघि बढिरहेको छ ।
तर यसअघि यसले मुम्बईसमेत महाराष्ट्रको तटवर्ती जिल्लामा विध्वंश मच्चाएको छ ।
यसैबीच मुम्बइको समुद्रमा फसेको ४ जहाजमा सवार ७१३ मानिसहरुमध्ये ६२० जनाको उद्धार गरिएको छ ।
यीमध्ये बार्ज पी ३०५ डुबेको छ जसमा सवार ७५ भन्दा बढी मानिस अहिले पनि हराइरहेका छन् ।
नेवीका अनुसार हालसम्म १४ शव भेटिएका छन् र यो जहाजबाट १८४ जनाको उद्धार गरिएको छ ।
समुद्रमा फसेका चार जहाज, त्यसमा सवार मानिसहरुको स्थिति
जहाज यतिजना सवारयतिको उद्धार
बार्ज पी ३०५ २७३ १८०
जीएएल कन्स्ट्रक्टर १३७ १३७
बार्ज एसएस–थ्री २०२ सबै सुरक्षित
सागर भूषण १०१ १०१