‘रेलिगेटेड’ फुलमसँग म्यान्चेष्टर यूनाइडेट बराबरीमा रोकियो

दियो पोस्ट  

काठमाडौं, ५ जेठ । प्रिमियर लिगको रेलिगेशनमा परेको फुलहमसँग दोस्रो स्थानको म्यान्चेष्टर यूनाइटेड बराबरीमा रोकिएको छ ।

आगामी साता यूरोपा लिगको फाइनलमा म्यान्चेष्टर यूनाइटेडले भिल्लारलको सामना गर्दैछ ।

ओल्ड ट्राफोर्डमा खेलको सुरुवातमै एडिन्सन काभानीले गोल गर्दै म्यान्चेष्टर यूनाइटेडलाई १–० को अग्रता दिलाए ।

काभानीले १५ औं मिनेटमा ४० गजबाहिरबाट गरको प्रहार गोलमा परिणत भयो ।

पहिलो हाफसम्म अग्रतालाई जिवन्त राखेको म्यान्चेष्टर यूनाइटेडले दोस्रो हाफको उत्तराद्र्धतिर अग्रतालाई कायम राख्न सकेन ।

७६ औं मिनेटमा फुलहमका लागि जोइ ब्रायनले गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।

दाहिने तर्फबाट बाँबी डेकोरडोभाको क्रसलाई ब्रायनले गोलको दिशा दिए ।